क्वलालम्पुर, नेपाल तापाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसिया द्वारा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाका सदस्य तथा जोहोर कार्य समिति मलेसियाका ईञ्चार्ज छविलाल गिरीले सहयोग गर्दै फेस्बुकमा फोटो टाँसेर मात्रै मलेसियाको घटना न्युनिकरण नहुने बताएको छन।
कार्यक्रमा आफ्नो मन्तब्य राख्दै पछिल्लो समय दुतवासको सुचना अनुसार मलेसियामा मासिक ४० जना भन्दा बढिको मृत्यु हुदै आएको सुचनाले दुखित तुल्याएको बताएको हो त्यस्तै ति मृत्युदरहरु मध्य अधिकांश आत्मा हत्या भएको र त्यसको न्युनिकरणको सबै मलेसिया बस्ने नेपालीहरुले अभियान चलाउनु पर्ने बताए।
त्यसै गरी मृत्युदर बढ्ने मुख्य कारण मदिरा सेवन, चर्को ब्याजदर्को कारण मानसिक सन्तुलनमा समस्या पुगे पछि दुखद घटना हुन सक्ने आंकलन गरेका थिए। त्यस्तै मलेसियामा १५० जना भन्दा बढि संघ संस्था रगेको छ भने केहि सक्रिय केहि निष्क्रिय रहेको हुदाँ ति सक्रिय संस्थाहरुमध्य केहि संघ संस्थाको नेतृत्व नै श्रमिक लाई दुख दिनेहरु रहेको बताए।
त्यस्तै अन्तमा मलेसियामा रहेको नेपाली क्रियाशिल संस्थाहरुले सहयोगको नाममा फोटो टाँस्दै सस्तो लोकप्रीय नबढाउन र मलेसियामा हुदै आएको घटना न्युनिकरण गराउनु पर्ने त्यसको लागी सन्देश मुलक कार्यक्रम अनिवार्य रहेको बताए।