जोहर, मलेसिया — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाअन्तर्गत जोहर राज्य समिति औपचारिक रूपमा गठन गरिएको छ।
जोहर राज्यमा कार्यरत तथा बसोबास गर्दै आएका रास्वपाका समर्थक र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न भेलाले समितिको गठन सर्वसम्मत रूपमा गरेको हो।
भेलामा केन्द्रीय समितिका प्रतिनिधिहरू किरण थापा, मिलन साहि ठकुरी, बासुदेव भट्ट, नेत्र केसी र खेमराज खत्रीको विशेष उपस्थिति थियो।
नवगठित समितिले प्रवासी नेपालीहरूको हकअधिकार र सुरक्षाको सवालमा आवाज उठाउने, नेपालका समसामयिक राजनीतिक परिवर्तनमा प्रवासबाट सकारात्मक योगदान पुर्याउने र संगठनलाई थप सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ। साथै, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाले अन्य राज्यहरूमा पनि चरणबद्ध रूपमा संगठन विस्तार गर्ने तयारी गरिरहेको छ।
नवगठित जोहर राज्य समितिको पदाधिकारी सूची यसप्रकार छः
-
सभापति: भागनाथ दहाल
-
उप–सभापति: हरि बहादुर थापा
-
सचिव: रोसन खंडका
-
कोषाध्यक्ष: तिलक बहादुर बौकटी
-
सह–कोषाध्यक्ष: लझ्मन साउद
-
सह–सचिव: धनी राम कामी
-
सदस्यहरू: मदन धामी, सागर काफ्ले, गणेश भण्डारी, शन्ती प्रसाद दहाल, हर्क लिम्बू, सुर्या धामी, लिला वली, सुजन बि.क., पुस्तक पाण्डे