पत्रकारद्धय थामी र तामाङ “फोनिज मलेसिया” पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुँदै।

everest kitchen


क्वालालम्पुर– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया समिति अन्तर्गत पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई १६औं फोनिज स्थापना दिवसको अवसरमा “फोनिज राष्ट्रिय अवार्ड २०७८”प्रदान गरिने भएको छ।

“समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार” भन्ने नाराका साथ फोनिज मलेसिया ले प्रत्येक वर्ष मुलुकभरबाट सक्रिय पत्रकारहरूको योगदानको कदरस्वरूप पुरस्कार वितरण गर्दै आएको छ। यस वर्षको पुरस्कार २०७८ साउन २७ गते, मंगलबार, काठमाडौंको बालुवाटारस्थित T-21 प्यालेस मा दिउँसो ४ बजे आयोजित विशेष समारोहमा प्रदान गरिनेछ।

सम्मानित दुवै पत्रकारहरू आ-आफ्नो समुदाय को हक अधिकारको विषयमा खबर संकलन, आवाज उठाउने र डिजिटल पत्रकारितामार्फत योगदान दिँदै आइरहेका छन्।

फोनिज मलेसिया समितिले हार्दिक बधाई ज्ञापन गर्दै पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याउने कार्यमा थप सफलता र हौसला मिलोस् भन्ने शुभेच्छा प्रकट गरेको छ।