जनजातिका महासंघ कान्साई जापानको अध्यक्षमा डेनिस पुन निर्वाचित 

everest kitchen

जापान । आदिवासी जनजाति महासंघ जापानको कान्साई क्षेत्रको अध्यक्षमा डेनिस पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । महासंघले आईतवार ओसाकामा प्रथम अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा अध्यक्षमा डेनिश पुन, उपाध्यक्षमा राज लामा थिङ, अमृता चौधरी र सुरज मर्हजन, सचिवमा पृथ्वी श्रीस मगर, सह–सचिवमा सम्झना घिसिङ युना गुरूङ, कोषाध्यक्षमा संगिना गुरूङ र सह–कोषाध्यक्षमा गिरीराज चौधरी चयन भएका हुन ।

त्यस्तै समितिको सदस्यमा सुनिता चौधरी, विनिता गुरूङ, राजिव स्याङताङ, डोमा शेर्पा, जगत मोक्तान, सुनिल छन्तायाल, दिनेश चौधरी, प्रकाश थापा मगर, गणेश सिङजाली मगर, जीवन धर्ती मगर, नविन थापा मगर, बिनोद थिङ तामाङ, अपिल तामाङ, अस्मिता तामाङ र सोमलाल स्याङताङलाई चयन गरिएको छ ।

अधिवेशनमा सहभागी एनआरएन कान्साईका संयोजक भीम काउचा अनुप, सहसंयोजक शंकर भुषाल, कर्णाली समाज कान्साईका अध्यक्ष झरेन्द्र कुवर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।