प्रवासी नेपाली मञ्च, जोहोर मलेसियाद्वारा बृहत भेला साथै कार्यसमिति पुनः गठन गरिने

everest kitchen

मलेसिया — “सबल प्रवासी, सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, जोहोर राज्य कमिटीद्वारा २०८५ सेप्टेम्बर ७ गते एक भव्य बृहत भेलाको आयोजना गरिँदैछ।

उक्त भेला बिहान १०:०० बजे देखी NRNA क्षेत्रीय समिति, जोहोर सभा हल, लार्किनमा सम्पन्न हुने भएको छ। कार्यक्रममा प्रवासी नेपाली मञ्चको सांगठनिक सुदृढीकरण, कार्यसमिती पुनर्गठन, र प्रवासी हितका मुद्दामा छलफल गरिने नेपाली प्रवासी मञ्च राष्ट्रीय कमिटि सदस्य तथा जोहोर ईञ्चार्ज छविलाल गिरिले जानकारी गराए।

कार्यक्रममा जोहोरस्थित नेपाली समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। मञ्चले सबै प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भेला सफल पार्न उपस्थितिका लागि आह्वान गरेको छ।