सतेन्द्र साह एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित, ऐतिहासिक जित

everest kitchen

वाशिंगटन डिसी, अमेरिका – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को २०२५ अगष्ट १६ र १७ मा सम्पन्न निर्वाचनमा श्री सतेन्द्र साह अत्यधिक बहुमतका साथ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

उहाँको नेतृत्वमा एनआरएनए अमेरिका अझ सशक्त, समावेशी र परिणाममुखी बन्ने विश्वास गरिएको छ। विभिन्न राज्यहरूमा रहेका नेपाली समुदायले यो जितलाई एक सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन्।