एन आर एन ए मलेसियाको नौ औं अधिवेशन अगस्त ३१ मा हुदैं।

everest kitchen

क्वालालम्पुर-गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज कार्यक्रम – २०२५ आयोजना हुने भएको छ ।

कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आईतवारको दिन क्वालालम्पुर चौकीटमा अवस्थित होटेल ग्रेण्ड कण्टीनेन्टलमा दिउँसो ०२:०० बजेदेखि आयोजना हुने भएको हो।

त्यस्तै नौ औं अधिवेशन तथा तीज कार्यक्रममा नेपालबाट आमन्त्रीत पुर्व अर्थ मन्त्री डा प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा कलाकारद्धय गायीका शोभा त्रिपाठी , गायक बुद्ध लामा लगायत स्थानीय कलाकार हरुले विशेष साँगीतिक, साँस्कृतिक प्रस्तुति दिने तय भएको छ । त्यस्तै कार्यक्रममा उपस्थितिको लागि मलेसियामा स्थापित लगभग सम्पुर्ण संघसंस्थाका प्रतिनिधि लगायतलाई निमन्त्रणा गरिसकिएको र आम नेपाली श्रमिकहरु पनि मज्जाले उपस्थित हुन मिल्ने महासचिव टिकाराम अधिकारीले जानकारी दिनुभयो।