एनआरएन मलेसियाको उम्मेदवारी तालिका सार्बजानिक

everest kitchen

एनआरएन मलेसियाको ३१ अगस्टमा हुन गईरहेको नवौं अधिवेशनमा बिभिन्न पदको उम्मेदवारी तालिका सँगै दस्तुर शुल्क सार्वजानिक भएको छ ।
एनआरएन मलेसियाको नवौं अधिवेशन निर्वाचन समितिले सार्वजानिक गरेको दस्तुर शुल्कमा अध्यक्ष उम्मेदवारले आरएम ४००० बुझाउनु पर्नेछ भने उपाध्यक्षले आरएम २५००, महिला उपाध्यक्षले आरएम २५००, युवा उपाध्यक्षले आरएम २५००, महिला संयोजकले आरएम १५००, महासचिवले आरएम १५००, सचिवले आरएम १५००, सहसचिवले आरएम १५००, कोषाध्यक्षले १५००, सहकोषाध्यक्षले १५०० तथा सदस्य उम्मेदवारले आरएम ५०० बुझाउन पर्नेछ ।
यो दस्तुर सहितको उम्मेदवारी दिन चाहानेले २९ अगस्ट दिउसो १२ भित्रमा एनआरएनए मलेसियाको निर्वाचन समितिको अस्थायी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
अगस्ट ३० तारिख बिहान १० बजेसम्म कुनै पनि पदमा दाबी बिरोध गर्न समय तोकिएको छ भने अगस्टको ३० तारिख दिउसो १२ बजे उम्मेदवारहरुको अन्तिम नामावली सार्वजानिक गरिने जनाइएको छ ।