गैर आवासीय नेपाली संघ मलेसियाको वरिष्ठ उपाध्यक्षमा दिल केरुङ लिम्बूको उम्मेद्बारी

everest kitchen

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ – २०२७ को कार्यकालको लागी नवौं अधिवेशन गर्ने भएको छ ।
एतिबेला चुनावी बड्दो सद्गर्मी संगै सबै उम्मेद्बार हरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न ।

गैर आवासीय नेपाली संघ मलेसियाको २००३ बाटै साधारण सदस्य हुँदै प्रायजसो सबै बिगतका कार्यसमिति हरुमा रहेर काम गर्दै लामो अनुभवले खारिएका रेस्टुरेन्ट व्यावसायि दिल केरुङ लिम्बुले २०२५ – २०२७ कार्यकाल को लागी वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्बारी दर्ता गराका छ्न ।

दुई दसक लामो समय मलेसियामा ब्यतित गरिसकेका वरिष्ठ उपाध्यक्ष प्रत्यासी दिल केरुङ लिम्बु विभिन्न संघ सस्थामा आवद्ध भएर काम गरिसकेका सस्था लाई नेतृत्व दिन सक्ने गतिलो सम्भावना बोकेका उम्मेद्बार हुन । मलेसियामा नेपाली श्रमिक हरुका समस्या बुझेका र विभिन्न समय काल खण्डमा समस्याहरु समाधान गर्दै समाजसेवा गर्दै आएका समाजसेविको रुपमा समेत लिम्बु परिचित छ्न ।

अहिले लिम्बू आदिवासी जनजाति महासंघ मलेसियाको सल्लाहकार को रुपमा काम गरिरहेका छ्न ।