अचानक नयाँ दिल्ली पुगे आजपा अध्यक्ष प्रभु साह

everest kitchen

काठमाडौं, २१ भदौ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् ।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ दिल्ली प्रस्तान गरेका हुन् ।

‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आईतबार नयाँ दिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष साह सहभागि हुने कार्यक्रम रहेको छ ।

आजपा निकटको आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गर्न लागेको सो कार्यक्रममा नेपालबाट नयाँ दिल्लीमा विभिन्न पेशाव्यवसायमा रहेका नेपालीहरुको सहभागिता रहने साहको सचिवालयले जनाएको छ ।

यस अघि हालै आजपा अध्यक्ष साह भारतको मुम्बईमा आयोजित प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि भएका थिए । आजपा नेपाल सहित विदेशमा समेत कमिटी बिस्तार गर्ने क्रममा रहेको छ ।

दिल्लीमा आजपा अध्यक्ष भेला, अन्तरक्रिया कार्यक्रमका साथै त्यही रहेका नेपाली उधोगी, व्यापारी, बिद्यार्थी लगायतकासंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजपा अध्यक्ष साह आठ बर्षपछि पहिलो पटक दिल्ली पुगेका हुन् ।

दिल्लीको कार्यक्रम सम्पन्न भएको केही समयपश्चात आजपाले मलेसिया, दुवई, कतार लगायतका मुलुकमा समेत संगठन बिस्तार गर्दै बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।