क्वालालम्पुर, प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटी मलेसियाद्वारा आयोजित बृहत भेला तथा पुन: स्थापना कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।
एन आर एन ए जोहोर राज्य कमिटिको सभा हलमा भएको कार्यक्रमको अध्यक्षता सुर्य बस्याल ले गरेको थियो भने प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटी मलेसियाको उपाध्यक्ष खगेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस्तै बिशिष्ट अतिथिमा मञ्चका सचिव कृष्ण खड्का, मञ्चका सदस्य तथा जोहोर ईन्चार्ज छबि लाल गीरी अतिथिहरुमा मञ्चका सदस्य मात्रीका खतिवडा, सविन तामाङ, चित्र थापा रहेको थियो। कार्यक्रममा जोहोर ईन्चार्ज छविलाल गीरीले कमिटी चलाउनको लागी आवस्यक प्रक्रिया र निर्देशन दिनु भएको थियो।
त्यस्तै प्रमुख अतिथि श्रेष्ठले प्रवासी मञ्चले पार्टी प्रती गर्नु पर्ने दायोत्व वर्तमान अवस्थामा सामाजिक संजाल लगायत विभिन्न कुरामा पार्टी प्रती जायलाग्दै गएको हुदा त्यसलाइ खुलेर प्रतिकार गर्नु पर्ने र आफ्नै पार्टी भित्र पनि खराव नेताहरुको टिकाटिप्पणि गर्न नछोड्न अनुरोध गरेका थिए।
त्यस्तै उक्त भेलाबाट मनोनित अध्यक्ष सुर्य बस्याल उपाअध्यक्ष -प्रेम श्रेष्ठ, उपाध्यक्ष कृष्ण गुरुङ , महिला उपाध्यक्ष अम्बिका सारु मगर, सचिब प्रदीप भट्ट , सहसचिब बुद्धि राना मगर, त्यस्तै सदस्यहरुमा दामोदर ओली, ससिराम कवर, जिवन बिस्वकर्मा , रुद्र गिरी , बद्री रोकाह , सन्तोष ठान्टी, सुशील तामाङ , दुर्गानन्द खाङ्ग , सुमन बिस्वकर्मा , प्रज्वल थामी , मान बहादुर गुरुङ, जिवन क्षेत्री, भरत यादव , अमिन लिम्बु , जितेन्द्र यादव गरी जम्म २१ सहित रिक्त रहेको पद लाई पुर्णता दिदै कमिटि पुरा घोषणा भएको थियो।
त्यस्तै कमिटि घोषणा पश्चात मञ्चका सचिव खडकाले मनोनित सबै कमिटिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो भने कार्यक्रम सफल बनाउन एन आर एन ए जोहोरले हल उपलब्ध गराएकोमा एन आर एन ए जोहोर क्षेत्रीय कमिटीलाई धन्यवाद पनि व्यक्त गरेका थिए।
त्यस्तै कार्यक्रम सम्पन्न पश्चात मञ्च राष्ट्रीय कमिटी मलेसियाले जोहोर ईन्चार्ज गीरी लाई मायाको चिनो प्रदान गर्दै नेपाल बसाईको सुखद रहोस भन्दै बिदाई गरेका थिए।
Home Flash News प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटिद्वारा आयोजित बृहत भेला भव्यताको साथ सम्पन्न...