मारिबोर, स्लोवेनिया – भ्रष्टाचारविरुद्धको आन्दोलनमा जीवन आहुति दिएका नेपाली युवा शहीदहरूको स्मृतिमा स्लोवेनियाको मारिबोर शहरमा शान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (NRNA) स्लोवेनियाको आयोजनामा हुने यो कार्यक्रम शुक्रबार (आज) भदौं २७ गते (12 सेप्टेम्बर 2025), साँझ ७ बजे मारिबोरको Mestni Park मा आयोजना गरिनेछ।
आयोजक संस्थाले स्वदेशमा भइरहेका भ्रष्टाचारविरुद्धको अभियानमा ज्यान गुमाएका युवाहरूको आत्माको चिरशान्तिको कामना गर्न तथा उहाँहरूको बलिदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
कार्यक्रममा दीप प्रज्वलन, मौन धारण तथा सहिदहरूको सम्झनामा सामूहिक श्रद्दाञ्जलि अर्पण गरिनेछ।
NRNA स्लोवेनियाले नजिकै रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्दै, विदेश तथा स्वदेशका अन्य स्थानमा पनि यस्तै शान्तिपूर्ण कार्यक्रम आयोजना गरी एकता र सचेतना विस्तार गर्न अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि अनिल पौडेल (फोन: 069 438 185) सँग सम्पर्क गर्न सकिनेछ।