म्याग्दी प्रवासी नेपाली संघ मलेसियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन

everest kitchen

कुआलालम्पुर । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसिया शाखाले २०२५–२०२७ कार्यकालका लागि तेस्रो महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

महाधिवेशनबाट प्रकाश केसीलाई अध्यक्षमा चयन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा सन्तोष सरगम खाती रहनु भएको छ भने उपाध्यक्षमा संजय शाही र जोगलाल पुन निर्वाचित हुनुभएको छ।

त्यस्तै महासचिवमा केश रोका मगर, सचिवमा बिकास रोका, सह–सचिवमा टोक नाथ रिजाल, कोषाध्यक्षमा दुर्गा रोका मगर र सह–कोषाध्यक्षमा मिलन बोहोरा चयन हुनुभएको छ। महिला उपाध्यक्षमा रेजिना गुरुङ निर्वाचित हुनुभएको छ।

सदस्यहरुमा आकाश वर्देवा, बिकास बोहरा, दिनेश घर्ती, बिकास श्रीपाली, लोक बहादुर बोहोरा, जय बहादुर शिरीष मगर, दीपेन्द्र बोहोरा र अमृत पुन निर्वाचित भएका छन्।

नव–निर्वाचित पदाधिकारीहरुले प्रवासी म्याग्दीबासीबीच एकता, सहयोग र संस्थागत विकासलाई प्रमुख प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।