नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङको ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम हुने

everest kitchen

पेनाङ, मलेसिया । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङले आफ्नो ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम यही अक्टोबर १९, आइतबारका दिन आयोजना गर्ने भएको छ।

कार्यक्रमलाई गरिमामय बनाउन संघले मलेसियाभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणासहित बिशेष उपस्थितिका लागि आग्रह गरेको छ। संघका अध्यक्ष विरस पुन मगरले सबैलाई उपस्थित भई कार्यक्रम सफल पारिदिन सादर अनुरोध गर्नुभएको छ।

यस अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल मगर संघ केन्द्रिय समितिका सह-अध्यक्ष ज्ञान बहादुर थापा मगर रहनु हुने छ। साथै, नेपालबाट विशेष प्रस्तुतीका लागि चर्चित गायिका उर्मिला पुलामी मगर र चर्चित मोडेल विजय पुन पनि उपस्थित हुने कार्यक्रम रहेको छ।

नेपाल मगर संघ पेनाङ क्षेत्रीय समितिले आयोजना गर्न लागेको यो कार्यक्रम केवल अधिवेशन मात्र नभई, सांस्कृतिक विविधता, परम्परा र एकताको उत्सव हुने आयोजक समितिको विश्वास छ।