गुन्मा, जापान । नेपालीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मगर संघ गुन्मा, जापानले विशेष सांस्कृतिक कार्यक्रम तथा कलाकार सम्मान समारोह आयोजना गर्ने भएको छ।
कार्यक्रमको उद्देश्य प्रदेशमा बसोबास गर्ने नेपालीहरूलाई घरदेशको झल्को दिलाउने, आपतकालीन राहतकोष स्थापना गर्ने तथा मगर संघ गुन्मालाई सांस्कृतिक गतिविधिबाट साथ–सहयोग गर्दै योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्नु रहेको छ।
मगर संघ गुन्मा परिवारले गुन्मा बासी सम्पूर्ण मगर तथा गैर–मगर नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस ऐतिहासिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक अनुरोध गरेको छ।