मलेसियास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै २०७२ सालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सेप्टेम्बर १९, २०२५ असोज ३ गते शुक्रबारका दिन दुतवासबाट सुचना जारी गर्दै कार्यालय बन्द रहने जानकारी गराएको छ ।
त्यस दिन सार्वजनिक बिदा दिइएको हुँदा दूतावासबाट नियमित सेवा प्रदान नहुने सुचनामा उल्लेख गरिएको छ भने अत्यावश्यक वा आकस्मिक सेवाका लागि भने राजदूतावासको हटलाइन नम्बर ०१६–२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
मसेवाहरू पुनः २२ सेप्टेम्बर २०२५ (असोज ६, २०८२) सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने राजदूतावासले स्पष्ट पारेको छ।
यस सूचनामार्फत मलेसियामा रहेका नेपाली नागरिकहरूलाई सेवा लिनुअघि जानकारीमा लिन र पूर्वतयारी गर्न पनि अनुरोध गरिएको छ।