रियाद। नेपाली राजदूतावास, रियादले अकामा नबनेका तथा नवीकरण नभएका ४६ जना नेपाली नागरिकलाई Final Exit Visa उपलब्ध भएको जानकारी दिएको छ। सूचीबद्ध व्यक्तिहरूलाई यथाशिघ्र नेपाल फर्कन आग्रह गरिएको छ।
राजदूतावासका अनुसार, एक्जिट भिसा प्रक्रिया पूर्ण निःशुल्क रहेको छ र भिसा प्राप्त भएपछि नेपाल फर्किने हवाई टिकट व्यक्तिले स्वयं व्यवस्थापन गर्नुपर्नेछ। दमाम क्षेत्रका नागरिकले म्यासेज नआएमा जनसम्पर्क अधिकारीसँग सम्पर्क गरी पेपर लिन सक्नेछन्। म्यासेज आइसकेको छ भने एयरपोर्टमा देखाएर मात्र पेपर लिन सकिन्छ।
एक्जिट भिसा अवस्था जाँच गर्न यो लिङ्क मा गई अकामा नम्बर/राहदानी नम्बर प्रविष्ट गर्न सकिने जानकारी पनि दिइएको छ।
राजदूतावासले सम्पर्कका लागि निम्न नम्बर उपलब्ध गराएको छ:
-
रियाद: ०११-४६१११०८ (बिहान ९:०० – बेलुका ४:००)
-
०११-२८८३७९५ (दिउँसो ३:०० – बेलुका ४:००)
-
जेद्दा: ०१२-६२२६६६५ (खुला दिन)
राजदूतावासले नागरिकहरूलाई धैर्यपूर्वक प्रतीक्षा गर्न र आवश्यकता अनुसार मात्र सम्पर्क गर्न अनुरोध गरेको छ।