कतार। नेपाल सरकारले २०८२ भाद्र २३ र २४ गते जेन-जी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मान स्वरूप १ असोज २०८२ (१७ सेप्टेम्बर २०२५) लाई राष्ट्रिय शोक दिन घोषणा गरेको थियो। यसै क्रममा कतारमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको आयोजनामा शोक सभा कार्यक्रम मुम्ताजा गोर्खाली रेष्टुरेन्टमा सम्पन्न भएको छ।
कार्यक्रममा सघ-संस्था का अग्रज, एनआरएनए अभियन्ता, समाजसेवी, बुद्धिजीवी, पत्रकारहरू साथै दाजुभाइ तथा दिदीबहिनीहरूले सहभागिता जनाए।
एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीले कार्यक्रममा सहभागिता जनाउने सम्पूर्णमा हार्दिक आभार र धन्यवाद व्यक्त गरेका छन्।