संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय कायालय पेरिसडाँडामा राखेको धारणा
११ औँ संविधान दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र भर्खरै सम्पन्न जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, जनयुद्धका बेपत्ता, घाइते, अपाङ्ग योद्धा तथा सम्पूर्ण आन्दोलनका बेपत्ता र घाइतेहरू प्रति पार्टी तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।
आजको यस ऐतिहासिक दिनमा विशेष गरी जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका र घाइते भएका साथीहरूलाई म स्मरण गर्न चाहन्छु। शहीदहरू प्रति हामीले हिजो पनि श्रद्धाञ्जली व्यक्त गरेका थियौं र आज पनि गरिरहेका छौँ। ती सम्पूर्ण घाइते योद्धा, विद्रोहीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
साथै, उहाँहरूका परिवारजन प्रति पनि विशेष सम्मान व्यक्त गर्न चाहन्छु।
कमरेडहरू र मित्रहरू, २०७२ सालमा संविधान निर्माण गरेदेखि १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गर्दा प्रत्येक वर्षको राजनीतिक र देशको परिस्थितिमा केही न केही उतार(चढाव रहँदै आएको छ। तर, आज हामी जुन ११ औँ संविधान दिवस मनाउँदै छौँ, त्यो विशेष रूपमा फरक परिस्थितिमा मनाइरहेका छौँ। खासगरी, जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिको बीचमा हामीले यो संविधान दिवस मनाउँदै छौँ र यही नै यसको मौलिकता र भिन्न विशेषता हो भन्ने मलाई लाग्छ।
जसरी हिजो देशमा संविधानसभाबाट संविधान बनाउने ठाउँसम्म आइपुग्न झण्डै ७० वर्षभन्दा लामो यात्रा तय गर्नुपरेको थियो, त्यसबीचमा थुप्रै सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरू तथा मुख्यतः महान् जनयुद्ध भयो। यसका हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते, अपाङ्ग तथा जेल, नेल, यातना भोगेका तमाम नागरिकसहित हामीले देशलाई संविधानसभासम्म ल्याउन सफल भएका थियौं।
आज म जनयुद्धका ती ऐतिहासिक दिनहरूलाई विशेष रूपमा स्मरण गर्न चाहन्छु। हामीले जुन महान् उद्देश्य र सङ्कल्पसहित मुक्ति या मृत्युको शपथ खाएर जनयुद्धमा होमिएका थियौं। ती सङ्कल्पहरू र ऐतिहासिक निर्णयहरू जसले देशलाई युगान्तकारी परिवर्तनको बाटोमा ल्याउन गोरेटो कोर्यो, जसको पछाडि हजारौँ शहीदहरूको रगत र लाखौँ जनताको त्याग, तपस्या अन्तर्निहित छ। म ती दिनहरूलाई आज विशेष स्मरण गर्न चाहन्छु। यदि त्यसो नभएको भए हामीले मृत्यु या मुक्तिको शपथ खाएर निरङ्कुश तन्त्र, सामन्ती निरङ्कुश तन्त्र तथा वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध विद्रोहको उद्घोष गर्दैनथियौं भने अब देशमा संविधानमार्फत हाम्रा वर्ग, उत्पीडित समुदायले जति अधिकार प्राप्त गरेका छन्, त्यो सम्भव हुने थिएन।
केही मानिसहरूले यसको ऐतिहासिकता, युगान्तकारी चरित्रलाई कुनै न कुनै रूपमा न्यूनीकरण गर्न खोज्छन्। कतिपयले त यसलाई अपमान नै गर्छन्। हजारौँ शहीदहरूको रगत, हाँसेर बलिदानको वेदीमा चढ्ने ती महान् योद्धाका बलिदानलाई अपमान गर्छन्। अर्काथरी मान्छे, मानौँ, जनयुद्ध एउटा सामान्य आतङ्क मात्रै थियो भनेर त्यसलाई अवमूल्यन गर्ने र यो परिवर्तनमा यसको भूमिकालाई त्यति उल्लेख गर्न चाहँदैनन्। बरु, त्यसलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने जमर्को गर्छन्।
तर, ऐतिहासिक तथ्य यही हो कि जनयुद्धको पहल नभएको भए र त्यसमा यस देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका मानिसहरूको सहभागिता र सबै समुदायको बलिदान सम्मिलित नभएको भए देश संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश सम्भव हुने थिएन। त्यसकारण, आज संविधान दिवस मनाउँदै गर्दा यसको ऐतिहासिकता र त्यसैको जगमा सात राजनीतिक दलसँग भएको १२ बुँदे समझदारी र पछि सम्पन्न भएको शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो।
म सबै कमरेडहरू, मित्रहरू र आम जनसमुदायलाई पनि यो ऐतिहासिक तथ्य र यसको उचाइ, यसको गम्भीरतालाई गहिरो गरी स्मरण गर्न, चिन्तन मनन गर्न र आजको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारेमा यसका शिक्षालाई आत्मसात् गर्न विशेष अपील गर्न चाहन्छु।
आज म ती दिनहरू सम्झिरहेको छु जब हामीले पहिलो संविधानसभाबाट संविधान निर्माण गर्न सकेनौं। दोस्रोपटक संविधानसभाको निर्वाचन गर्नुपर्ने परिस्थिति विश्वमा विरलै देखिन्छ, त्यस्तै स्थिति नेपालमा बन्यो। म अहिले लामो व्याख्या गर्न चाहन्नँ, तर म यति भन्नैपर्छ कि संविधान बनाउने कुरा निकै जटिल र चुनौतीपूर्ण थियो।
एकथरी राजनीतिक शक्तिहरू परम्पराभन्दा बाहिर गएर संविधान निर्माण गर्ने कुरामा उनीहरूको मत फरक थियो। उनीहरू संविधानसभाबाट संविधान बन्ने र त्यसमा दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायतका सबै उत्पीडित क्षेत्र कर्णाली, सेती, महाकाली, मधेसको पहिचान र अधिकारसहितको संविधान बनाउने कुरामा रुचि राख्दैनथे।
निकै ठूलो बहस, सङ्घर्ष र जनयुद्धको तागत, त्यसले पैदा गरेको तागत यदि नहुँदो हो त अहिले जुन स्तरको संविधान बनेको छ, त्यो पनि सम्भव हुँदैनथ्यो। म त्यतिबेलाको पनि एउटा प्रमुख नेतृत्व हुनुको नाताले र शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले पनि जनयुद्धका हजारौँ शहीदहरूको सपना र भावनाप्रति इमानदार र निष्ठावान् भएर अगाडि बढ्ने सङ्कल्पसहित निकै धेरै उतार(चढावको बीचबाट संविधान घोषणा गरिएको थियो। म त्यो कुरा स्मरण गर्न र गराउन चाहन्छु।
मैले धेरैचोटि भनेको छु, म आज एकचोटि फेरि भन्न चाहन्छु कि अहिले जसले आफूलाई ठूला दल भन्छन् र त्यो अहङ्कारले आज देश यस्तो भयानक परिस्थितिमा आइपुग्यो, उनीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जस्तो बन्यो, त्यो बनाउने पक्षमा थिएनन्। फेरि पनि संविधानसभा असफल भए पनि कुनै चिन्ता थिएन। म त्यो सम्झन्छु। मैले भयानक र विनाशकारी भूकम्पबाट धनजनको भयानक क्षति भएको परिस्थितिमा प्रतिपक्ष दलको नेताको भूमिकाभन्दा पनि त्यो भयानक भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण, पुनर्स्थापना लगायतका काममा सरकारलाई सहयोग गर्दै र सरकारसँग त्यतिबेला वार्ता गर्दै संविधान निर्माणको कामलाई त्यो क्षति, पीडा, आँसु देशभरि जनताको भावनालाई उच्च सम्मान गर्दै निष्ठाका साथ मैले अरु सबै कुराका अतिरिक्त, अन्य बहसहरू त छँदै थिए, ती कुराको अतिरिक्त प्रधानमन्त्री अफर गर्नुपर्ने बाध्यतामा परेको कुरा म आज फेरि एकचोटि स्मरण गर्न चाहन्छु। यदि मैले उनीहरूलाई प्रधानमन्त्री अफर गरेर संविधान घोषणा गर्ने ठाउँमा ल्याइ नपु¥याएको भए के हुन्थ्यो होला र अहिले पनि मेरो दिमागमा ती सबै घटनाक्रमहरू घुमिरहेका छन्। अनेक प्रयत्न गरेर यो संविधान यो स्तरमा घोषणा गरियो।
हामी चाहन्थ्यौँ यो संविधान योभन्दा अझ प्रगतिशील बनोस्, अझ जनपक्षीय बनोस्। यहाँहरू सबैलाई पक्कै पनि स्मरण छ। हामी देशमा राजनीतिक स्थायित्वको निम्ति र विकासलाई अग्रगति दिनको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने भइसकेपछि त्यो परिवर्तनसँगै हामीले स्थायित्वको लागि धेरै बहस ग¥यौँ, तर त्यसमा सहमति हुन सकेन।
आज फर्केर हेर्दा मलाई लाग्छ, यदि त्यतिबेला त्यसमा सहमति भएको भए देशको राजनीतिक परिस्थिति अर्कै हुन्थ्यो र अहिले जेनजी युवाहरूले विद्रोह गर्नुपर्ने र दर्जनौँले ज्यान गुमाउनुपर्ने, सयौँ घाइते हुनुपर्ने स्थिति सायद नहुँथ्यो। म सबै कमरेडहरूलाई यो कुराप्रति गहिरो गरी विचार गर्न अपील गर्न चाहन्छु र आम जनतालाई पनि।
फेरि पनि हामीले ती मुद्दाहरूलाई जो देशको स्थायित्वको निम्ति, देशलाई समाजवादतिर डो¥याउनको निम्ति र देशमा विकासको गति अगाडि बढाउन, हाम्रा भनाइहरू, हाम्रा मतहरू ऐतिहासिक छन् भन्ने हाम्रो गहिरो विश्वास थियो। त्यही विश्वासको जगमा उभिएर भोलिको दिन कुनै दिन हामीले इतिहासको कठघरामा उभिएर भन्नुपर्नेछ, ‘हामी के चाहन्थ्यौँ’ भन्ने ठानेर। र एउटा दिन आउनेछ जुन बेला फेरि यो संविधानलाई संशोधन र परिमार्जन गरेर यो ठाउँमा पुर्याउन सम्भव हुनेछ। नेपाली जनता कुनै न कुनै दिन यसको ऐतिहासिक महत्वलाई, हामीले राखेका कुराहरू — चाहे त्यो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा होस् या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा होस्, वा उत्पीडित वर्ग, जाति, समुदायको पहिचान र अधिकार जति प्राप्त हुनुपर्थो — चाहे त्यो प्रदेशहरूको सङ्ख्याको सन्दर्भमा होस् वा उनीहरूको पहिचान र अधिकारको सन्दर्भमा होस्, सबै वर्ग–समुदायका निम्ति हामीले भिन्न मत राखेका थियौँ।
म लामो व्याख्या नगरी त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको ठान्छु। हाम्रा ती रिजर्भेसनहरू, मतहरू सही थिए र १० वर्षपछि फेरि एकचोटि तिनको पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु। हामीलाई गर्व छ। म सबै क्रान्तिकारी कमरेडहरूलाई यी भनाइहरू स्मरण गर्न र त्यसलाई कार्यान्वयन गर्नको निम्ति फेरि एकचोटि जुरमुराएर अगाडि बढ्न अपील पनि गर्न चाहन्छु। हामी हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता छैन। हामीले गर्वका साथ भन्न सक्छौँ, हामी सही थियौँ।
हामीले महान् ऐतिहासिक विद्रोह गरेर यस देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेका थियौँ। हामीले संविधानसभाबाट संविधान निर्माण गर्ने बेलामा योभन्दा राम्रो संविधान बन्न सम्भव छ भनेर हामीले आफ्ना भनाइहरू इतिहासको पानामा दर्ज गरेका थियौँ। आज त्यो इतिहासको पानामा दर्ज गरेका मुद्दाहरू फेरि जीवित रूपमा अगाडि आएका छन्। हामी सबैले यसमा गर्व गरौँ र अगाडि बढौँ।
केही मानिसहरूले धेरै बल गरेका छन्। त्यतिबेला पनि गरेका थिए, यो संविधान बन्नै नदिने। म त्यो पनि स्मरण गर्न चाहन्छु। त्यतिबेला देशभित्रका सामन्ती, प्रतिक्रियावादी तत्त्वहरू र बाहिरका पनि वैदेशिक प्रतिक्रियावादी शक्तिहरू संविधान बन्न नदिनको निम्ति, रोक्नको निम्ति ठूलो दबाब सिर्जना गरिएको कुरा म आज एकचोटि फेरि स्मरण गर्न चाहन्छु। म त्यतिबेलाको पनि नेता हुँ। सबैभन्दा बढी धम्की, दबाब कसैलाई दिइएको थियो भने त्यो प्रचण्डलाई नै दिइएको थियो। म यो कुरा पनि आज फेरि स्मरण गर्न चाहन्छु। तर कुनै दबाब–धम्कीको अगाडि नझुकीकन संविधानसभाबाट संविधान बनाउनैपर्छ, घोषित मितिमा नै संविधान घोषणा गर्नैपर्छ भनेर अडान लिएर संविधान घोषणाको ठाउँमा पुर्याएको ती कष्टकर र चुनौतीपूर्ण घुम्तीहरू म आज फेरि स्मरण गर्न चाहन्छु।
अहिले फेरि जेनजी विद्रोहसँगै, हुन त जतिबेला हामीले विद्रोह गरेका थियौँ, मलाई लाग्छ त्यो विद्रोहमा सहभागी झाँडी ९० प्रतिशत, आज मैले अलिकति हिसाब गरेँ, ९० प्रतिशत सबै जेनजी नै थिए हाम्रा साथीहरू, हाम्रा कमरेडहरू। त्यसकारण सबभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो। हामी कसैले यसलाई हो कि होइन भनेर द्विविधामा नपरोस्। नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याउने र हजारौँको बलिदानका निम्ति तत्पर हुने जेनजी पुस्ताले नै जनयुद्ध गरेको हो। यो कुरा तपाईं–हामी सबैले स्मरण गर्न जरुरी छ।
आज फेरि एकचोटि सामन्ती, प्रतिक्रियावादीहरू या वैदेशिक प्रतिक्रियावादीहरू यी सबै चीजलाई अपमानित गर्ने र जनयुद्धको नेतृत्व, संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी नै हो भन्ने झूटो आरोप लगाउने जो कोही छन् तिनीहरू इतिहासप्रति, जनताप्रति गहिरो र ठूलो विश्वासघात गरिरहेका छन् भन्ने म ठान्छु।
एउटा नितान्त भिन्न युगीन आन्दोलन र पृष्ठभूमिमा र वर्तमानमा पनि हामीले सरकारमा रहँदा पछिल्लो चरणमा भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा, आर्थिक पछौटेपनका विरुद्ध, आर्थिक समृद्धिका पक्षमा जे–जति काम गर्यौँ, हामीलाई गर्व छ। म सम्पूर्ण कमरेडलाई गर्वका साथ त्यसलाई आत्मसात् गर्न अपील गर्न चाहन्छु। हामीलाई गर्व छ।
हामीलाई जबरजस्ती सङ्ख्याको बलबाट सरकारबाट हटाइयो। हामीले चुनौतीका साथ भन्यौँ, जुन सङ्ख्याको बलबाट हामीलाई राम्रो काम गर्न खोज्दा–खोज्दै हटाइएको छ, यसको मूल्य तिमीहरूले भोलि तिर्नुपर्नेछ। म सबै कमरेडहरूलाई मैले विश्वासको मत अन्तिम पटक लिँदै गर्दाको सम्बोधन स्मरण गर्न पनि यस अवसरमा अनुरोध गर्न चाहन्छु। र हामीले त्यहाँबाट निस्किसकेपछि पनि सडकबाट खबरदारी र हामीले विभिन्न अभियानबाट नेपालका सबै गरिब, मजदुर, किसानदेखि बुद्धिजीवी, नागरिक समाज, व्यापारी, शिक्षक, कर्मचारी, सबै उत्पीडित वर्ग–समुदायसँग फेरि सम्बन्ध सुदृढ गर्ने प्रयास गर्यौँ।
सायद हाम्रो पार्टी मात्र त्यस्तो पार्टी हो जसले यो बीचका उतार(चढावमा गल्ती–कमजोरी भयो भनेर पहिलोचोटि केन्द्रीय समितिको पूर्ण बैठकमा आत्मालोचना र आत्मसमीक्षा गरेर यथास्थितिमा पार्टी पुनर्निर्माण गर्न सकिँदैन, हामी नयाँ ठाउँमा जानैपर्छ भन्ने सङ्कल्प गर्ने पहिलो पार्टी पनि नेकपा ९माओवादी केन्द्र० नै हो। गम्भीर आत्मसमीक्षा, आत्मालोचना जनताको अगाडि गएर हामीले अलिकति यो बीच केही–न–केही हामीले हाम्रो विचार, हाम्रो वर्ग, हाम्रा मुद्दाहरूलाई जति दृढसँग समात्नुपर्थ्यो, जनतासँग जति गहिरो सम्बन्ध बनाउनुपर्थ्यो, ती तमाम महान् शहीदका परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग, जेल, नेल, यातना भोगेका परिवार र साथीहरूसँग जुन स्तरको सम्बन्ध बनाउनुपर्थ्यो, त्यो हामीले कहीं–न–कहीं कमी भयो भन्ने आत्मसमीक्षा गरेर नै हामी हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, उपत्यका अभियान लगायत विभिन्न उत्पीडित जाति, क्षेत्र, मोर्चाका सङ्गठनहरूलाई पुनर्जीवित गर्ने, विभिन्न जातीय मोर्चालाई फेरि समाजवादको निम्ति तम्त्यार पार्ने उद्देश्यका साथ हामीले सबैका भेला, सम्मेलनहरू अगाडि बढाउँदै फेरि एउटा नयाँ आन्दोलनका निम्ति तयारी गर्ने सङ्कल्प पनि हामीले नै गरेको हो।
यो कुरा पनि हामी सबैलाई थाहा छ। हामीले जसरी भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा र सामाजिक विभेदविरुद्ध, सामाजिक न्यायका पक्षमा आवाज उठाइराख्यौँ, सङ्ख्याको बलले हाम्रा ती आवाजहरूलाई बेवास्ता गरियो। यति धेरै अहङ्कार प्रदर्शन ठूला पार्टीहरूले गरे। यो अहङ्कारले कहीं–न–कहीं यी पार्टीहरूलाई भोलि जनताले बढार्छन् भनेर पनि मैले पटक–पटक भनेको थिएँ। तपाईँहरूको यो अहङ्कारको मूल्य धेरै चर्को पर्नेछ। जनतामा आक्रोश दिनप्रतिदिन बढिरहेको छ। र यो आक्रोश कहीं–न–कहीं विस्फोट हुन सक्छ। मैले श्रीलङ्काको घटना, बङ्गलादेशको घटनाको पटक–पटक स्मरण गराएको थिएँ।
भूराजनीतिको ट्रेन्डहरू, अन्तर्राष्ट्रिय ट्रेन्डहरूलाई हेर्न पनि जरुरी छ भनिएको थियो र त्यसैको अभिव्यक्तिको रूपमा जेनजी विद्रोह भयो। कमरेडहरू र मित्रहरू, जेनजी आन्दोलनलाई सायद सबैभन्दा पहिले ‘मागहरू सही छन्, आन्दोलन गर्ने निर्णय सही छ, आन्दोलन सही छ’ भन्ने काम पार्टी माओवादी केन्द्र नै पहिलो पार्टी बन्न पुग्यो।
म मध्यपहाडी र हाम्रो टिम नै मध्यपहाडी अभियानमा भएकै बेलामा त्यहाँबाट हामीले त्यसलाई समर्थन गरेर पठायौँ। पछि आन्दोलनको क्रममा सरकारको तर्फबाट जुन असाधारण नरसंहार, भयानक नरसंहार भयो, ती खबरहरू आइसकेपछि आन्दोलन अभियान रोकेर हामी काठमाडौं आएर तत्काल पदाधिकारीको बैठक बसेर हुनसक्ने जति यो आन्दोलनलाई सकारात्मक निकास दिनको लागि हाम्रो तर्फबाट पहल भयो। हामीले तत्काल प्रधानमन्त्रीले राजीनामा दिइहाल्नुपर्छ भनेका थियौँ, २३ गते नै।
तर हाम्रो कुराको फेरि पनि सुनुवाइ भएन। २३ गते भएको नरसंहारको कारणले स्वाभाविक रूपमा थयगतजक र आम जनताहरूमा पनि एउटा आवेग, एउटा आक्रोश पैदा भयो। सबैलाई थाहा छ, मैले हिजो पनि संविधान दिवसको उपलक्ष्यमा एउटा भिडियो सन्देशमार्फत यी सबै कुरा भनी सकेको छु। २४ गते जे भयो, त्यो जेनजीको आदर्श, घोषित नीति र मागभन्दा बाहिर—त्यहाँ कहीं–न–कहीं भयानक घुसपैठ भनौँ या भयानक डिजाइनमा विध्वंसहरू मच्चाइयो। सच्चा जेनजी प्रतिनिधिहरूले ‘यसरी नगरौँ, आगजनी र तोडफोड नगरौँ’ भनेका थिए।
भन्दै–भन्दै पनि जुन भयानक विध्वंस भयो, यो जेनजी, हाम्रो युवा पुस्ता, हाम्रा भाइ–बहिनीहरूको उद्देश्य थिएन। तर विध्वंस भयो। त्यसको व्याख्या नगरीकन म सिधै के भन्न चाहन्छु भने इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपमा सहजीकरण गर्ने अवसर दियो।
मैले संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिको त्यो पदबाट हटाउने के कस्ता कसरतहरू भए भन्ने कुरा मैले नजिकबाट हेर्ने, नजिकबाट बुझ्ने मौका पाएँ।
मैले अन्तिममा यसको हुनसक्ने जति सहजीकरण के हुन सक्छ भनेर रातभर बसेर, रातभर सम्माननीय राष्ट्रपतिज्यूसँग, प्रधानसेनापतिसँग र अन्य दलका नेताहरूसँग पनि संवाद गरेर अन्तरिम सरकारको अहिले जे रूप देखिएको छ, त्यो हो पुरानो प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने, नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने। यो प्रक्रियामा कहीं–न–कहीं संविधान बचाउने, संविधानको ऐतिहासिकतालाई आत्मसात् गर्ने भावना अन्तर्निहित रहेको कुरा मैले नजिकबाट देखेको छु।
त्यसकारण हामीले अब निर्वाचन ६ महिनापछि घोषणा गरिएको छ। त्यो घोषित मितिमा नै निर्वाचन होस् र देशले फेरि एउटा नयाँ निकास प्राप्त गरोस्। र त्यसबाट जेनजी आन्दोलनका विद्रोहीहरूको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक रूपमा नै खुलोस् भन्ने हाम्रो चाहना छ। त्यसकारण हामी अब कुनै द्विविधामा, भ्रममा नपरीकन यो निर्वाचन सम्पन्न गर्नको लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ।
सजिलो छैन निर्वाचन। मानिसहरूलाई विश्वास भइ पनि राखिएको छैन। कहिलेकाहीँ त प्रधानमन्त्री स्वयं बाहिर बोल्दा पनि ‘के हो’ भन्याजस्तो लाग्छ। तर हामी भन्छौँ, सबै जेनजी विद्रोहीदेखि आम नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुने हो भने निर्वाचन सम्भव छ। र निर्वाचनलाई सम्भव गराउनुपर्छ भनेर म भन्न चाहन्छु।
त्यसकारण यो ११ औँ संविधान दिवस एउटा विशिष्ट राजनीतिक परिस्थितिमा हामी मनाइराखेका छौँ। एउटा नयाँ इतिहासको नयाँ कडी जोड्ने ठाउँमा हामी आइपुगेका छौँ। परिस्थिति जटिल र चुनौतीपूर्ण त छ, तर हामीले भनेका छौँस् जतिसुकै जटिल र चुनौतीपूर्ण भए पनि दृढ इच्छाशक्तिको साथ उच्च मनोबलका साथ देशको पुनर्निर्माण गर्ने। हाम्रा ऐतिहासिक धरोहर, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगायत थुप्रै राज्यका संरचनाहरू विध्वंस भएका छन्।
त्यही सङ्कल्पका साथ, दृढ इच्छाशक्तिका साथ त्यसको पुनर्निर्माणमा लाग्नुपर्ने ऐतिहासिक आवश्यकता र जिम्मेवारी सम्पूर्ण नेपालीहरूको हुन आएको छ र हामीले एकचोटि साबित गर्नुछ, हामी पुनर्निर्माण गर्न सक्छौँ।
हामीले यो भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा नेपाललाई अझ राम्रो बनाउने गोरेटो कोर्न सक्छौँ। हामी कोही निराश हुन आवश्यक छैन।
सङ्कल्पका साथ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने, संविधानमार्फत स्थायित्व र विकासका लागि नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्ने आवश्यकता यतिबेला हामी सबैको हो।
म फेरि पनि यो ऐतिहासिक दिनमा, यो ऐतिहासिक जिम्मेवारीप्रति सबैसँग अपील गर्दै र ती महान् शहीद, बेपत्ता योद्धा, घाइते, अपाङ्ग, सबै र अहिले पछिल्लो जेनजी विद्रोहका शहीद र घाइतेहरू प्रति पनि त्यही सम्मान प्रकट गर्दै कम्तीमा इतिहासको र वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्रबीच थुप्रै कमीकमजोरी भएका पनि छन् भनेर आत्मसमीक्षा गरेको कुरा मैले स्वीकार गरेको छु। यति गर्दै गर्दा पनि म के भन्न चाहन्छु भने माओवादी केन्द्र फरक चीज हो।
यो फरक चीज हो, यो फरक धातुका मान्छेहरूको पार्टी हो। अरू जस्तै हो भनेर भाष्य साम्राज्यवादी र प्रतिक्रियावादीहरूले बनाउने प्रयास गरेका छन्, त्यो होइन। त्यो होइन भन्ने कुरा हामी सबैले उद्घोष गर्न सक्नुपर्दछ। बाँकी के गरी सम्बोधन गर्ने, जनता भावनालाई के भन्ने, नेतृत्व—तपाईं–हामीलाई थाहा छ—निरन्तरतामा क्रमभङ्ग भन्ने गरिन्छ, फेरि पनि जस्तोसुकै क्रमभङ्ग भए पनि नेतृत्व तयार रहन्छ।