तेलिखाेलामा ७० वर्षीय पुरुषको शव फेला

everest kitchen

लेटाङ लेटाङ नगरपालिका–८ का अन्दाजी ७० वर्षीय खड्ग बहादुर कामी तेली खोलामा आज मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ ।

प्रहरीका अनुसार मृतकको मृत्युको कारणबारे यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।