क्वालालम्पुर (मलेसिया) । नेपाली व्यवसायी समाज क्वालालम्पुरको आज सम्पन्न विशेष साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
सभाले शिव थापालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ। यसअघि अध्यक्ष रहेका ईन्द्र नारायण लिम्बू हालै गैर आवासीय नेपाली संघ (NRNA) को अध्यक्षमा निर्वाचित भएपछि उनलाई व्यवसायी समाजबाट बिदाइ गरिएको छ।
साधारण सभाले हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, समाजका सचिव पासाङ तामाङका बुबाको निधनप्रति समेत हार्दिक श्रद्धाञ्जली प्रकट गरिएको छ।
यसबाहेक, सभाले आसन्न दशैँ, तिहार र छठ पर्वलाई आपसी सद्भाव, भाईचाराको भावना र उल्लासपूर्ण वातावरणमा मनाउन सबै नेपाली समुदायलाई आह्वान गरेको छ।