अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको एघारौं महाधिवेशन सम्पन्न

everest kitchen

कतार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको एघारौं महाधिवेशन २०२५ सेप्टेम्बर १९ गते शुक्रबारका दिन सम्पन्न भएको छ।

महाधिवेशनबाट श्री दिलिप पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको छ। साथै, उहाँसँगै नयाँ कार्यसमितिका पदाधिकारीहरू पनि निर्वाचित भएका छन्।

नव–निर्वाचित अध्यक्ष पराजुली लगायत सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना दिइएको छ। सोही अवसरमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सफल भएका निवर्तमान अध्यक्ष श्री लेख कार्की र कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई समेत हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको छ।