अधिकृत वारेसनामा प्रमाणीकरण सम्बन्धी क्वालालम्पुरस्थित नेपाली राजदूतावासको सूचना

everest kitchen

क्वालालम्पुर ।
नेपाली राजदूतावास, क्वालालम्पुरले अधिकृत वारेसनामा प्रमाणीकरण सम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई राजदूतावासमा उपस्थित हुनुअघि ०३-५८८७-३९४५ वा ०१२-४१७-५३९२ मा सम्पर्क वा ह्वाट्सअपमार्फत जानकारी लिन अनुरोध गरेको छ।

अधिकृत वारेसनामा प्रमाणीकरण महामहिम राजदूतबाट हुने भएकाले, उहाँको उपस्थितिको तालिका मिलाएर मात्र राजदूतावासमा आउन पनि राजदूतावासले आग्रह गरेको छ।

यससँगै, मिति २०८२ असोज १० गते, शुक्रबार (तदनुसार २६ सेप्टेम्बर २०२५) का दिन महामहिम राजदूतज्यू दूतावासमा अनुपस्थित रहने भएकाले सो दिन अधिकृत वारेसनामा प्रमाणीकरण हुने छैन। तर अन्य सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जानकारी गराइएको छ।

May be an illustration of text