क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5 Element Hotel, Kuala Lumpur मा आयोजना हुने भएको हो। कार्यक्रमको साँझ ५ बजे बाट सुरु हुने आयोजकले जनाएका छन्।
कार्यक्रममा कलाकार स्थानीय सवीता तामाङ, चार्ली घिसिङ, बिना तामाङ , काशी गुरुङ लगायतले सांगीतिक प्रस्तुति पनि रहने गैर आवासीय नेपाली संघ मलेसियाका बरिष्ठ उपाध्यक्ष दिल केरुङ लिम्बु ले जानकारी गराए।
कार्यक्रमको आयोजना गैर आवासीय नेपाली संघ, मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर, मलेसिया ले गरेका हुन्।
आयोजक संस्थाले मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उक्त कार्यक्रममा सहभागी भई चाडपर्वको उल्लासलाई थप उत्साहमय बनाउन आग्रह गरेका छन्।