शारजाहमा नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक T20 अन्तर्राष्ट्रिय श्रृंखला, नेपाली समुदायलाई स्टेडियममै आएर साथ दिन आह्वान

everest kitchen

यूएई, यूएईलाई कर्मथलो बनाई बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाल एसोसिएसन – एनआरएनए एनसीसी, यूएईका अध्यक्ष विकास शाहीले नेपाल र वेस्ट इन्डिजबीच हुने ऐतिहासिक T20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपस्थित रहन आग्रह गरेका छन्।

नेपाल क्रिकेट संघको आयोजनामा हुने यो खेल सेप्टेम्बर २७, २९ र ३० गते यूएईको शारजाह क्रिकेट स्टेडियम मा हुनेछ।

शाहीले जारी गरेको अपिलमा भनिएको छ, “हामी सबै नेपालीहरू राष्ट्रियता, एकता र गौरवको प्रतीकस्वरूप एकजुट भई हाम्रो टिमको हौसला बढाउन स्टेडियममा भेला होऔँ। तपाईंहरूको एक उपस्थितिले खेलाडीहरूमा आत्मबल, र सम्पूर्ण विश्वभरिका नेपालीहरूमा गर्व र प्रेरणा थप्नेछ।”

उनले यो खेल केवल मनोरञ्जन नभई राष्ट्रिय पहिचान र स्वाभिमानसँग जोडिएको महत्वपूर्ण क्षण भएको भन्दै परिवार, साथीभाइ र आफन्तसँगै स्टेडियममा झण्डा फहराउँदै नेपाललाई चियर गर्न आह्वान गरेका छन्।

🎟 टिकट जानकारी

  • सेप्टेम्बर २७ (पहिलो दिनको खेल) को टिकट:
    • सयपत्री ट्राभल
    • नमस्ते ट्राभल
    • फिस्टेल ट्राभल, बर्दुबई

  • सेप्टेम्बर २९ र ३० का खेलहरूको टिकट छिट्टै उपलब्ध गराइनेछ।

👉 अनलाइन टिकट: https://shorturl.at/qNQhE

शाहीले अन्त्यमा भनेका छन्, “यस अवसरलाई नेपालीको रूपमा गौरवका साथ मनाउने, खेलाडीहरूप्रति समर्थन जनाउने, र विश्वसामु एकता र राष्ट्रप्रेमको सन्देश दिन सबै नेपालीको उपस्थितिलाई आवश्यक ठान्दछु।”