मलेसियामा भव्य रूपमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम।

everest kitchen

क्वालालम्पुर‌ २७ सेप्टेम्बर २०२५ – गैरआवासीय नेपाली संघ मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले “दशैं, तिहार र छठ पर्व २०८२” को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम क्वालालम्पुरस्थित 5 Element Hotel मा साँझ ७ बजे सुरु भएको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदानप्रदान गर्दै नेपाली संस्कृति र चाडपर्वको महत्वबारे चर्चा गरे।

गैर आवासीय नेपाली संघ मलेसियाको अध्यक्ष‌ ईन्द्र नारायण लिम्बू को सभाध्यक्षमा सम्पन्न यस कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष पदम राज लिम्बूको प्रमुख अतिथि रहेको थियो, कार्यक्रमको विशेष आकर्षण चिरपरिचित मोडल सबिता तामाङ, बिना तामाङ (लेकाली), चार्ली घिसिङ र काशी गुरुङले आफ्नो सांगीतिक तथा नृत्य प्रस्तुतिहरूमार्फत दर्शकलाई मनोरञ्जन दिलाए।

कार्यक्रममा मलेसियामा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पदम राज लिम्बू लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मनतव्य बाट शुभकामना व्यक्त गरे,गैर आवासीय नेपाली संघ अध्यक्ष ईन्द्र नारायण लिम्बूले नेपाली चाडपर्वलाई प्रवासमा पनि जगेर्ना गर्दै आपसी एकता र भाइचारा सुदृढ बनाउने यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।