अस्ट्रेलिया । अस्ट्रेलियाको पर्थमा सम्म दशैं कप फुटसल प्रतियोगिता २०२५ को उपाधि हिमालयन रेन्जर्स स्पोर्ट्स क्लब जित्न सफल भएको छ । केटिएम ब्वाइजलाई पेनाल्टी सुटआउटबा हराउदै हिमालय रेन्जर्स विजयी भएको हो ।
हिमालयन रेन्जर्स र केटिएम ब्वाइजबीच भएको खेल निर्धारित समयमा ४–४ को बराबरीमा टुंगिएको थियो । बराबरीमा निर्धारित समयमा खेल सकिएपछि पेनाल्टीमा सुटआउटमा खेल पुगेको थियोे । ४ को बिरुद्ध ५ पेनाल्टी सुटआउट गोल गरेर हिमालयन रेन्जर्सले उपाधि उचालेको हो
विजेताले १५०० डलर नगद पुरस्कार, मेडल र प्रमाणपत्र हात पारेको हिमालयन रेन्जर्सका कोषाध्यक्ष सन्तोष थापाले जानकारी दिए ।
कोषाध्यक्ष थापाका अनुसार क्लब सन् २०२३ मा स्थापना भएको र छोटो समयमा नै पर्थको नेपाली खेलकुद समुदायमा एकता र सशक्त खेल प्रदर्शन गर्न सफल रहेको छ। हाल क्लबको अध्यक्ष मिलन बराइले रहेका छन् ।
यस प्रतियोगिताको आयोजना केटीएम ब्वाईजले गरेको थियो। प्रतियोगितामा कुल १४ टिम सहभागीता रहेको थियो ।