सुर्खेतमा टन्टलापुर घाम (फोटो)

everest kitchen

शुक्रबार रातिदेखि देशका अधिकांश भागमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकादेखि पूर्व र पश्चिमका अधिकांश क्षेत्रहरूमा अविरल वर्षाका कारण जनजीवन प्रभावित छ । कतै सडक अवरुद्ध छन् भने कतै नदी–नालामा पानीको सतह बढेको छ । यस्तो मौसमबीच देशको कर्णाली प्रदेशअन्तर्गत पर्ने सुर्खेतका अधिकांश क्षेत्रमा भने फरक दृश्य देखिएको छ। सुर्खेतमा शनिबार बिहानदेखि नै आकाश खुलेको छ र टलटलापुर घाम लागिरहेको छ। खुल्ला आकाश, हरियालीले भरिएको भूभाग र चर्को घामले यहाँको वातावरण रमणीय देखिएको छ। घामले मौसम घमाइलो भएकाले वडादशैं मनाउनेहरुको चहलपहल बढेको छ ।