पाँचथरको कात्तिके बोलेरो दुर्घटना : उद्धार कार्य जारी, मौसम प्रतिकुल

everest kitchen

फिदिम पाँचथरको तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँको कात्तिकेमा दुर्घटनामा परेका बोलेरो जिपमा १२ जना यात्रु रहेको पाइएको छ

जसमध्ये ५ जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय संचारकर्मी भीम बाँस्कोटाले जानकारी दिए मृतक र घाइतेहरुको पहिचान खुलिनसकेको उनले बताए घाईतेहरुको उपचारको लागि धरान र फिदिमतर्फ पठाईएको छ

हाल नेपाल प्रहरी, नेपाली सेना, स्थानीय लगायतले उद्धारको काम जारी राखेका छन् बोलेरो जिप तमोर करिडोर अन्तर्गत कुम्मायक–३ मा सडक भन्दा अन्दाजी पाँचसय मिटर तल तमोर नदी नजिकै खसेको बताइएको छ

निरन्तरको झरी, अप्ठ्यारो भीर भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ जीपले ताप्लेजुङबाट १२ जना यात्रु लिएर धरानतर्फ छुटेको बुझिएको छ भने विचमा चढाएको यात्रु संख्या एकिन हुन सकेको छैन्