काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्रालयले भमरी वर्षाका कारण कहिकतै संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
संचारमन्त्री जगदीश खरेलले अहिले मन्त्रालयमा आकस्मिक बैठक बसेर कहींकतै संचार सम्पर्क अवरुद्ध भए तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा राखिएको बताए ।
मन्त्री खरेलले सामाजिक सञ्जालमा उक्त विषयबारे जानकारी दिदै लेखेका छन्, ‘भारी बर्षा भइरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा एनटिसी १४९८, एनसेल ९००५, आइएसपी ९८०१८७८९४१ र मन्त्रालयको सिधा नम्मर ९८४१५२०११५ मा खबर गर्नुहोला । तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा छ । हामी पनि आकस्मिक बैठक गरेर तयारी अवस्थामा छौं । मेरो सचिवालयको सिधा नम्बर ९८५१४१०१०१, कृपया सबैले सावधानी अपनाऔं ।’