बाजुरा । बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पिपलतोलाका २० वर्षीय प्रकाश बुढा रहेका छन् ।
बुढा जंगलबाट बाख्रा चराएर फर्कने क्रममा भालुले अचानक आक्रमण गर्दा घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याई उपचार भइरहेको छ ।
जंगली जनावर भालुले आक्रमण गरी बुढालाई घाइते बनाएपछि थप घटना हुन नदिन भालु नै स्थानीयहरुले मारेका छन् । बुढालाई आक्रमणपछि फेरि आक्रमण गर्न सम्भावनाा बढेपछि स्थानीयहरु मिलेर भालु नियन्त्रणमा लिने क्रममा मरेको स्थानीयको भनाइ छ ।
नियन्त्रणमा लिने क्रममा जंगली जनावर भालु मरेपछि डिभिजन वन कार्यालय बाजुरामा खबर गरिएको बताइएको छ ।
बाजुरामा पछिल्लो समय भालुले आक्रमण गर्ने घटना बढेका छन्। एक हप्ता अघि मात्रै बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी थिइन् ।