नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले हालै नेपालमा भएको भिषण बर्षात पश्चात बाढि पहिरोमा परेर जिउधनको क्षति पुगेका पीडितहरुलाई राहत सामाग्री बितरण गर्ने भएको छ ।
आज आइतबार क्वालालुम्पुर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टको हलमा महासंघको बसेको नियमित बैठकमा दशैंको शूभकामना आदान प्रदान साथै नयाँ सदस्यहरुलाई सदस्यता बितरण लगायतका निर्णयहरु गर्दै महासंघले नेपालमा बाढि पहिरो पीडितहरुलाई राहत सामाग्री पनि बितरण गर्ने निर्णय गरेको हो ।
महासंघले मलेसियामा रहेका बिभिन्न संघ संस्थाहरुलाई राहत बितरण कार्यक्रममा सहकार्य गर्न पनि आह्वान गरेको छ । ‘हामिले मात्र सहयोग गर्दा थोरै होला तर, धेरै संघ संस्थाहरु मिलेर सहयोग गरियो भने धेरै हुनेछ’ महासंघका अध्यक्ष पदमराज लिम्बुले बैठकमा भन्नुभयो ।