बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु, २० टिम सहभागी

everest kitchen

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।

सेभेन ए साइड फुटबल प्रतियोगिताको नेकपा एमाले सचिव एवं मालिका माविका विद्यालय व्यवस्थापक समिति अध्यक्ष काशी विकले औपचारीक रुपमा सुरु गरेका हुन् ।

नेपालीहरुको महान चाड बडा दशैँ तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको संयोजक हिमाल बडुवालले बताए । उनका अनुसार प्रतियोगितामा २० टिम सहभागी छन्।

पहिलो दिन बाजुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र इन्जिनियर सेवामा आवद्ध युवाहरु बीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो । जसमा इन्जिनियर सेवाका युवाहरुले जितेको उनले जानकारी दिए।

आजबाट बिहानबाट समूह चरणका खेलहरु सञ्चालन गरिएका छन्।  ५ हजार नगद सहीत टिम दर्ता राखिएको खेलको विजेताले ६१ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३२ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गर्नेछन्।

त्यस्तै  सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५÷५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको दिनेश ट्रेर्डस एण्ड सप्लार्यसले प्रायोजन गरेको छ । २६ गतेसम्म सञ्चालन हुने खेल मालिका माविको खेल मैदानमा सञ्चालन गरिएको छ ।

यो प्रतियोगिताले जिल्लामा नयाँ खेलाडी उत्पादनसँगै जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।