गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु

everest kitchen

काठमाडौं गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको इजरायली सेनाले जनाएको छ

इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा पुनःस्थित हुँदैछन् दक्षिण कमाण्डअन्तर्गतका फौजहरू अझै पनि क्षेत्रमा तैनाथ छन् र तत्कालीन खतरा हटाउने कार्य जारी रहनेछ ।”

अमेरिकी मध्यस्थतामा भएको यो सम्झौताअनुसार, हमासको नियन्त्रणमा रहेका बन्दीहरुको मुक्तिका लागि ७२ घण्टे समयावधि सुरु भएको छ पहिलो चरणमा इजरायलले झण्डै २ हजार प्यालेस्टिनी कैदी र बन्दीलाई रिहा गर्नेछ

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा भने, हाम्रा सैनिकहरू अझै पनि गाजाको भीत्रि भागमा रहनेछन् र नियन्त्रणका क्षेत्रहरूमा दबाब कायम राख्नेछन् यो सम्झौताको अर्को चरणका लागि तयारी जारी रहनेछ ।”

उनका अनुसार आगामी दिनमा २० जना जीवित बन्दीलाई रिहा गरिनेछ भने २८ जना मृतकका शव हस्तान्तरण गरिनेछ उनले थपे, हमासलाई निशस्त्र पारिनेछ र गाजालाई सैन्यरहित क्षेत्र बनाइनेछ यदि यी लक्ष्यहरू सजिलै प्राप्त भएनन् भने कठिन तरिकाले पूरा गरिनेछ ।”

हमास–नियन्त्रित आन्तरिक प्रशासनले पनि युद्धविराम लागू भएपछि इजरायली सेनाले फिर्ता गरेका क्षेत्रहरूमा आफ्ना सुरक्षाबल तैनाथ गर्ने जनाएको छ उक्त प्रशासनले विज्ञप्तिमा भनेको छ, यो तैनाथी सार्वजनिक शान्ति पुनःस्थापना गर्ने र दुई वर्ष लामो युद्धले सिर्जना गरेको अव्यवस्था नियन्त्रण गर्ने उद्देश्यले गरिएको हो ।”

यसले प्यालेस्टिनी जनतालाई युद्ध अन्त्य भएकोमा बधाई दिँदै सुरक्षाबलसँग सहयोग गर्न र सुरक्षा निर्देशनहरू पालना गर्न अनुरोध गरेको छ हमास–नियन्त्रित गाजा मिडिया अफिसका अनुसार इजरायली सेनाले गत दुई वर्षमा गाजाका ६७० भन्दा बढी विद्यालय ध्वस्त पारेका छन् जसमा १३ हजार ५०० भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ।

त्यसैगरी, ६०० दिनभन्दा बढी समयदेखि सीमा नाका बन्द हुँदा सहायता आपूर्ति रोकिएको र करिब २० लाख प्यालेस्टिनी जबरजस्ती विस्थापित भएका छन् प्रारम्भिक अनुमानअनुसार गाजाको प्रमुख आर्थिक क्षेत्रहरूमा करिब ७० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुगेको छ

शुक्रबार नै हमास र अन्य दुई फिलिस्तिनी समूहहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामाथि कुनै पनि विदेशी संरक्षकत्व” अस्वीकार गर्ने बताएका छन् उनीहरूले गाजाको शासन व्यवस्थालाई पूर्ण रूपमा आन्तरिक प्यालेस्टिनी विषय रहेको स्पष्ट पारेका छन्

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमण सुरु भएको सन् २०२३ अक्टोबर ७ देखि हालसम्म ६७ हजार २११ प्यालेस्टिनी मारिएका छन् र १ लाख ६९ हजार ९६१ जना घाइते भएका छन् इजरायल र हमासबीच तीन दिनको गहन वार्तापछि मिस्र, कतार, टर्की र अमेरिकाको मध्यस्थतामा बिहीबार युद्धविराम सम्झौता भएको हो

सम्झौताको पहिलो चरणमा इजरायली फौज गाजा सिटी, उत्तर गाजा, राफा र खान युनिस क्षेत्रबाट फिर्ता हुने, पाँचवटा सीमा नाका मानवीय सहायता प्रवेशका लागि खोलिने, र बन्दी तथा कैदीहरूको अदलाबदल हुने व्यवस्था गरिएको छ