विश्वकप छनोट : कतारसँग नेपाल ५ रनले विजयी 

everest kitchen

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि विजयी हासिल गरेको छ।

सोमबार ओमानमा जारी खेलमा नेपालले कतारमाथि ५ रनले विजयी हासिल गरेको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी हुन सफल भयो ।

हिजो भएको खेलमा स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै, नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए ।

कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो त्यसलाई पछ्याएका कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक खेले । रोहितले ४१ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ रनमा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइसले ३ र मिर्जा मोहम्मद बेगले ३ विकेट लिए ।

यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरे । यस्तै, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पार्न सफल भयो । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ । उनकै नेतृत्व नेपाल अहिले विश्वकपको नजिक पुगेको छ