अन्तर्राष्ट्रिय बजारको रोजाइमा चिनियाँ फूलहरु

everest kitchen

एजेन्सी चीनमा पुष्प व्यवसायले अन्तर्राष्ट्रिय स्तरमै राम्रो प्रभाव जमाउँदै गएको छ दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट आएका ताजा फूलहरूले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रभाव जमाएको हो

नवीन कृषि प्रविधि र कुशल व्यवस्थापनका कारण पुष्प व्यवसायले राम्रो बजार विस्तार गरेको हो लिजियाङ शहरको एउटा फूल औद्योगिक पार्क फूल उत्पादनको आकर्षणको केन्द्र बनिरहेको छ जहाँ गुलाब, लिली र कार्नेशन प्रजातिका फूलहरुको उत्पादन अत्याधिक छ

स्मार्ट प्रविधि र कुशल व्यवस्थापनका कारण फूलहरूलाई ५ देखि ८ डिग्री सेल्सियसको बीचमा सुषुप्त अवस्थामा भण्डारण गर्ने गरिएको छ जसका कारण लामो समयसम्म टिकाउ हुने र आकर्षण कायम रहने गरेको छ

चीनका उत्पादित फुलहरु हरेक दिन, प्रान्तभरबाट लाखौं डाँठहरू एशियाको सबैभन्दा ठूलो फूल लिलामी केन्द्र कुनमिङको डुनान फूल बजारमा पु¥याइन्छ, जहाँ व्यापारीहरूले  फूलहरू किनबेच गर्ने गरेका छन् कुनमिङको केन्द्रबाट फूलहरूको लागि विश्वभरका गन्तव्यहरूमा पठाउने गरिन्छ

काजाकिस्तानदेखि जापानसम्म चिनियाँ फूल पुग्ने गरेको छ युनान प्रान्तभरि २० भन्दा बढी काउन्टीहरूमा ताजा फूल उद्योगहरू छन्। (सीसीटीभीप्लस)