फुलासी जनप्रिय युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधि अखिल (क्रान्तिकारी) रामेछापलाई

everest kitchen

रामेछाप । मन्थली नगरपालिका–१३ फुलासीमा आयोजित श्री फुलासी जनप्रिय युवा क्लब (पीजेवाईसी) ले आयोजना गरेको तेस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि अखिल क्रान्तिकारीले जितेको छ ।  कात्तिक १ देखि आजसम्म सञ्चालन गरिएको प्रतियोगितामा सहभागी १२ टिमबिचको प्रतिस्पर्धाबाट अखिल (क्रान्तिकारी) रामेछाप प्रथम भएको हो ।

फाइनल खेलमा एबीसी मन्थलीलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) रामेछाप विजेता बनेको हो। प्रतियोगितामा एबीसी मन्थली द्वितीय र आयोजक क्लब ‘पीजेवाईसी ए’ (फुलासी) तथा सृजना युवा क्लब (फर्पु)ले सान्त्वना स्थान हासिल गरेका छन्।

विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, उपविजेतालाई ३० हजार रुपैयाँ, र दुई सान्त्वना टोलीलाई १०–१० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

वाग्मती प्रदेशसभा अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । समापन समारोहमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रवक्ता गोपाल श्रेष्ठलगायत अतिथिहरूले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरे ।