बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने

everest kitchen

बाजुरा । बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।

खेल उत्सवको रुपमा आयोजना हुदैं आएको सुन्दर नगरी आटीचौरमा स्पोट्र्स क्लवको आयोजनामा यहि कार्तिक ६ देखि ८ गतेसम्म प्रथम छेडेदह कप क्रिकेट प्रतियोगिता २०८२ सञ्चालन हुने भएको छ ।

सर्वश्रेष्ठ खेल प्रदर्शन र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा दर्शक महानुभावहरूलाई उपस्थितिका लागि आग्रह समेत गरिएको छ ।

बाजुरा खेल्छ,बाजुरासँग खेलाडी छन । आफ्नै मैदानमा खेलाडी जन्मिन्छन् भन्ने प्रमाण छेडेदह गोल्डकपलाई उदाहरणको रुपमा लिन सकिन्छ । हरेक बर्ष गोल्डकपको आयोजना गर्ने छेडेदहले यस बर्ष क्रिकेट प्रतियोगिता गरेर चित्त बुझाउने भएको हो ।

सुन्दर नगरी आटीचौरको सेरोफेरो अनि हावापानीले सम्झिरहने र याद गरिरहने गरेको छ । प्रेम ताल, बडालेक, डाँडाशैन, बथानलेक र कुडीकोटको सुन्दरतामा दर्शकहरु रमाउने गरेका छन्।प्रतियोगितामा विजेता हुने टिमलाई नगद २१ हजार १ सय ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै द्वितीय हुने टिमलाई नगद ११ हजार १०० ट्रफी, मेडल,र प्रमाणपत्र प्रदान गरिने भएको छ।प्रतियोगिताको लागी टिम दर्ता शुल्क तीन हजार रहेको छ । खेलमा जिल्ला भन्दा बाहिर खेलाडी राख्न पाईने छैन, भने खेल क्यानको नियम अनुसार खेलाईने भएको छ । थप जानकारीका लागि लोकेन्द्र खड्काको मोबाईल नम्बर ९८४८५२३५१२ मा सम्पर्क गर्ने सकिने आयोजकले बताएको छ ।

छेडेदह स्पोट्र्स क्लवले छैटौं संस्करण सम्मको गोल्डकप प्रतियोगिताको आयोजना गरि सकेको छ । प्रत्येक बर्ष छेडेदह स्पोट्र्स  क्लवले आयोजना गर्ने गोल्डकप निकै रोमाञ्चक हुने गरेको छ। गोल्डकपको उपाधी भने कन्सर्न बाजुराकै कब्जामा रहने गरेको छ । छैटौं संस्करणको गोल्डकपमा विजेताले ३ लाख र उपविजेताले २ लाख प्राप्त गरेका थिए ।