तिहारले बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान

everest kitchen

बाजुरा । घरदैलोमा तिहार लागे संगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान बनेको छ ।

दसैं पछिको दोस्रो ठुलो चाड तिहारमा सम्पुर्ण स्थानीय तथा व्यापारी घर गए संगै मार्तडी बजार सुनसान बनेको हो ।

दसैंमा सुनसान बनेको मार्तडी फेरि तिहारमा पनि सुनसान बनेको हो । दसैं पछि केही चहलपहल बढेको मार्तडीमा अहिले तिहारमा फेरि चहलपहल घटेको छ । यहाँ बसोबास गर्ने व्यापारी तथा अन्य अधिकांश स्थानीय चाडबाड मनाउन गाउँघर गएसँगै मार्तडी बजार केही दिन देखि सुनसान बनेको हो ।

तिहार मनाउन स्थानीय घर गएपछि बजार सुनसान बनेको गैरि बजारस्थित आरजी प्रिन्टिङ हाउसका सञ्चालक राम बहादुर रोकायाले बताए । तिहार सकिए पश्चात् क्रमश बजारमा चहलपहल बढ्दै जाने उनको भनाइ छ ।

दसैं तिहार अवधिभर मार्तडी बजारको व्यापार व्यवसाय निकै फस्टाएको हो।तर तिहार लागे संगै अहिले उपभोक्ता समेत घटेका छन्।फाटफुट रुपैया दुई चार पशल खसला भए पनि अन्य बजारका सम्पुर्ण होटल तथा पशल बन्द भएका छन् ।

 

मार्तडी जिल्लाकै ठूलो र प्रमुख व्यापारीक केन्द्र हो । मार्तडी बजार संगै यहाँको बुढिगङ्गा नगरपालिकाको बाम्का,डाब,फालाशैन, गौमुलको घट्मुना,बुढिनन्दा नगरपालिकाको कोल्टी,जगन्नाथको पिलिचौर, हिमालीको धुलाचौर लगायतका बजार सुनसान बनेका छन् ।

तिहार मनाए पछि मात्रै स्थानीयहरु बजार आउने गर्दछन् । बाहिर गएकाहरू बजार नआउँदासम्म यहाँका बजार केही समयको लागी सुनसान बन्ने छन् । अस्थायी रुपमा बसोबास गर्दै आएका नागरिक प्रत्येक वर्ष दसैँ तिहारमा गाउँ जाने हुँदा यो अवधिभर यहाँका बजार सुनसान बन्ने गरेका छन् ।