मुगु । मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ ।
ए–वान फुटबल क्लबले कच्चे फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजेताको उपाधि जितेको हो ।
शुभ दीपावलिको अवसरमा जे.पी. स्मृतिको आयोजना र छायाँनाथ रारा नगरपालिकाको सह–आयोजनामा मुगु सदरमुकाम गमगढी स्थित महाकाली माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा ए–वान फुटबल क्लबले कच्चे फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजेताको उपाधि जितेको छ ।
खेलको पहिलो हाफमै कच्चे एफसीले २ गोल गर्दै अग्रता लिएको थियो । तर, ए–वानका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै गोल फर्काए । दोस्रो हाफमा कच्चे एफसीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेन । ए–वानले तत्कालै बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाए । अन्त्यतिर ए–वानका खेलाडीले निर्णायक गोल गर्न सफल भएपछि जित ए–वानको पक्षमा गएको हो ।
विजेता ए–वान फुटबल क्लबले १ लाख ११ हजार एक सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कच्चे फुटबल क्लबले ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो ।
उदयमान खेलाडीको रूपमा कच्चे एफसीका महेन्द्र कार्की, उत्कृष्ट खेलाडी विकास रावल (कच्चे ँऋ), सर्वाधिक गोलकर्ता सत्यम हमाल (ए–वान ) जसले ५ गोल गरेका थिए, र सम्पूर्ण खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने अमिस कुमार मल्ल (ए–वान) लाई ट्रफी सहित सम्मान गरिएको थियो ।
मुगु जिल्ला तथा बाहिरी जिल्लाका गरी ३३ टिमको सहभागिता रहेको प्रतियोगिता खेलकुदमार्फत युवामा एकता, अनुशासन र सकारात्मक सोच विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक समितिका संयोजक चक्र बहादुर मल्लले बताए ।
उनका अनुसार, शैक्षिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्व.जय प्रकाश मल्ल ‘जे.पी.’ को सम्झनामा आयोजना गरिएको यो प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै निरन्तरता दिइने योजना रहेको छ ।