रामेछाप । वि.सं १८२४को सिन्धुलीगढीमा भएको नेपाली सेना र अङ्ग्रेज सेनाबीच युद्धमा जनस्तरबाट सहयोग गर्ने जनसेनापति स्वर्गीय रामचन्द्र कँडेलको प्रतिमा उनको जन्मथलो रामेछापको मुगिटारामा अनावरण गरिएको छ ।
कान्तिपुरका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको घेराबन्दीबाट जोगिन बङ्गालस्थित ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेका थिए । उनले अङ्ग्रेजहरूसँग सहयोगको सम्झौता गर्दै काठमाडौं
उपत्यकामा कम्पनीका व्यापारीहरूलाई सहज व्यापारिक पहुँच दिन्छौँ भन्ने बाचा गरेर अङ्ग्रेज सैन्य टोली नेपाल मगाएका थिए । कप्तान किनलकको नेतृत्वमा आएको २५ सय सेनाको टुकडी भारतको पटना हुँदै तराईबाट मकवानपुर गढीबाट सिन्धुली गढी तर्फ अघि बढेको सूचना पाएपछि मुगिटारका रामचन्द्र प्रसाईँले अङ्ग्रेज सेना आएको सूचना दिँदै पृथ्वीनारायण शाहलाई त्यसलाई रोक्न अनुरोध सहितको पत्र पाएका थिए ।
सो पत्र पाएपछि पृथ्वीनारायण शाहले युद्ध लड्न खर्च अभाव भएको भन्दै प्रसाईँसँग २ हजार रुपैँया नगद, रासन पानी र लडाकुहरूको सहयोग मागेका थिए । प्रसाईँ त्यस बेलाको २ हजार नगद, रासनपानी र ३ सय जति स्थानीय लडाकु लिएर सिन्धुली गढीको युद्धमा पृथ्वीनारायण शाहको सेनालाई सहयोग गर्न गएको लिखत कागज अहिले पनि रहेको स्थानीय दीपक प्रसाईँ बताउँछन् ।

देश बनाउन र जोगाउन जनस्तनबाट राज्यलाई अतुलनीय योगदान गरेका प्रसाईँको कतै पनि चर्चा नभएपछि स्थानीय स्तरबाट उनको योगदानको कदर गर्दै मुगिटारमा मन्थली नगरपालिकाको सहयोगमा सालिक स्थापना गरिएको हो ।