जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघद्वारा सरकारलाई आग्रह

everest kitchen

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ

महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक असर पु¥याएको जनाएको छ महासंघका अनुसार, पीडित व्यवसायीहरूले जाहेरी नै दर्ता नहुने गुनासो गरिरहेका छन्, जसले दण्डहीनता मौलाउने र व्यवसायी हतोत्साहित हुने अवस्था सिर्जना गरेको छ

महासंघले भनेको छ, यदि यस्तो अवस्था कायम रह्यो भने लगानीको वातावरणमा गम्भीर चुनौती आउँछ, जसको दीर्घकालीन असर रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा पर्नेछ

निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि महासंघले केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ यसबारे औपचारिक पत्राचार गृहमन्त्रालयमा गरिसकिएको महासंघले जनाएको छ

आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा फोरम÷समितिका सभापतिहरूबीच भएको छलफलमा कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, शान्ति र सुरक्षा बिना स्थायित्व सम्भव छैन, स्थायित्व बिना उद्यम व्यवसाय सञ्चालन हुन सक्दैन, र व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर संकट आउँछ उनले दण्डहीनता अन्त्य गर्न र व्यवसायीमाथि भविष्यमामा आक्रमण नहुने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले पनि लगानीमैत्री वातावरण र आर्थिक स्थायित्वका लागि सरकारको सक्रियता अत्यावश्यक रहेको उल्लेख गर्दै भने, शान्ति–सुरक्षा कायम गरी निजी क्षेत्रको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान जरुरी छ

छलफलमा उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति तथा विभिन्न फोरमका सभापतिहरू सहभागी थिए उनीहरूले निजी क्षेत्रमाथि भएको आक्रमणले व्यवसायीहरू निरुत्साहित भएको बताउँदै, उद्यमीहरूले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराए