पश्चिम अष्ट्रेलियामा छठ पूजा भव्य रूपमा सम्पन्न

everest kitchen

पर्थ, अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा रहेको मधेसी कम्युनिटी एसोसिएसन (MCAWA Inc.) ले यस वर्षको छठ पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण समुदाय सदस्य, स्वयंसेवक र सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

संघका अध्यक्ष सुनिल सहनीले भनेका छन्, “हामीले विभिन्न समुदाय संघसंस्था, व्यक्तिगत सहयोगीहरू, र विशेष गरेर अन्य राज्यका मधेसी संघहरूबाट प्राप्त सन्देश, माया र सकारात्मक प्रतिक्रियाले अत्यन्तै प्रभावित भएका छौँ। तपाईंहरूको एकता र समर्पणले यस कार्यक्रमलाई साँच्चै चम्किलो बनाएको छ।”

अध्यक्ष सहनीले आगामी समुदाय कार्यक्रमहरूमा अझ धेरै नयाँ अनुहारहरू देख्न पाउने अपेक्षा व्यक्त गर्दै अर्को वर्षको छठ पूजामा सबैको सहभागिताको निम्तो दिएका छन्। उनले कार्यक्रमको उद्देश्य संस्कृति र परम्परालाई जीवन्त राख्दै प्रत्येक वर्ष बलियो बनाउने रहेको बताए।

छठ पूजा — सूर्यदेव र छठी माइकालाई समर्पित पर्व — शुद्धता, आस्था र सामूहिकतालाई जनाउँछ र प्रवासी मधेसी समुदायबीच सांस्कृतिक एकता बलियो पार्ने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ।