काठमाडौं,
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालको सहयोगमा सञ्चालित मिरीडिउ परियोजना अन्तर्गत वैदेशिक रोजगारीमा रहेका अलेखबद्ध (Undocumented) नेपाली श्रमिकहरूका लागि वैधानिकीकरण (Legalization) र श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी सचेतनामूलक भर्चुअल कार्यक्रम सञ्चालन गर्न लागेको छ।
उक्त कार्यक्रम आगामी १७ कात्तिक २०८२ (३ नोभेम्बर २०२५) का दिन, नेपाली समयअनुसार साँझ ६:४५ बजेदेखि ८:४५ बजेसम्म ZOOM प्लेटफर्ममार्फत सञ्चालन हुने भएको छ।
पिएनसीसीका अनुसार यस कार्यक्रमले वैदेशिक रोजगारीमा रहेका अलेखबद्ध श्रमिकहरूलाई आफ्नो श्रम स्वीकृति तथा वैधानिक स्थिति बनाउनका लागि आवश्यक कानुनी प्रक्रिया र मार्गनिर्देशनबारे जानकारी दिनेछ।
संस्थाले सम्पूर्ण आप्रवासी नेपाली श्रमिकहरूलाई कार्यक्रममा सहभागी भई उपयोगी जानकारी लिन आग्रह गरेको छ।
कार्यक्रममा सहभागी हुनका लागि तलको ZOOM लिंक प्रयोग गर्न सकिनेछः
🔗 https://us06web.zoom.us/j/88217237449?pwd=sQWxqE24iRA6zrtav0Nm5TbJoSJywk.1












