काठमाडौं, बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना देखिएको भन्दै सिन्धुली र काभ्रे जिल्लामा सवारी आवागमनमा रोक लगाइएको छ।
सिन्धुली जिल्ला प्रशासन कार्यालयले कार्तिक १३ गते साँझ ५ बजे देखि कार्तिक १४ गते बिहान ५ बजे, र कार्तिक १४ गते साँझ ५ बजे देखि कार्तिक १५ गते बिहान ५ बजे सम्म विपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारी साधनहरूको आवागमनमा निषेध गरेको जनाएको छ।
त्यसैगरी, काभ्रे जिल्ला प्रशासन कार्यालयले विपी राजमार्गमा आज, कार्तिक १३ गते बिहीबार साँझ ५ बजे देखि भोलि कार्तिक १४ गते बिहान ६ बजे सम्म एम्बुलेन्स र अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधनको आवागमनमा रोक लगाएको छ।
प्रशासनले यात्रुहरूलाई सुरक्षित रहन र विपरित मौसममा अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ।












