दक्षिण कोरियामा एनआरएनएद्वारा परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

everest kitchen

सोल, दक्षिण कोरिया।
सहकार्य, साझेदारी र सह-अस्तित्व निर्माणको उद्देश्यका साथ दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरूसँग गैर आवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया NRNA NCC KOREA ले आयोजना गरेको “परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षका रूपमा श्री पार्वती तामाङले नेतृत्व गर्नु भएको थियो। यस अवसरमा नेपाली राजदूतावास, दक्षिण कोरिया का राजदूत डा. शिवमाया तुम्बाहाङ्फे, विशिष्ट अतिथि, संरक्षक, सल्लाहकार, पूर्व पदाधिकारी, पत्रकार, र दर्ता भएका सदस्य तथा सरोकारवाला नेपाली दाजुभाइ–दिदीबहिनीहरुको उपस्थितिले कार्यक्रमको महत्व थपेको थियो।

कार्यक्रमको सञ्चालन महासचिव कमल भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्था कि वरिष्ठ उपाध्यक्ष तारा पुन मगरले प्रस्तुत गर्नुभएको थियो। अन्तरक्रियामा सहभागी नेपाली व्यक्तित्वहरूले दिएका सुझाव, सल्लाह र प्रश्नहरू अत्यन्त महत्वपूर्ण रहेको थियो। केही प्रश्नहरू सम्बन्धित व्यक्तिसँग थप छलफल आवश्यक पर्ने देखियो, जसले अन्तरक्रियाको अझ धेरै आवश्यकता पुष्टि गरेको छ।

NRNA दक्षिण कोरिया आगामी दिनमा पनि नेपाली समाजको एकतालाई प्रमुखतामा राख्दै विभिन्न सहकार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमलाई सफल र भव्य बनाउन उपस्थित सम्पूर्ण अतिथिहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गरिएको छ।