जापानको कान्साई घुम्ती कन्सुलर शिविरमा करिब हजार जनाले कन्सुलर सेवा लिए

everest kitchen

क्योटो । नेपाली राजदूतावास, टोकियोको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाका शहरमा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ।

शिविरमार्फत राहदानी नवीकरण, प्रमाणपत्र प्रमाणीकरण, अन्य सेवा सम्बन्धी परामर्शलगायतका विभिन्न कन्सुलर सेवाहरू प्रदान गरिएको छ नेपाली राजदुतावास टोकियोले उल्लेख गरेको छ ।

राजदुतावासका अनुसार उक्त शिविरबाट ९५० भन्दा बढी सेवाग्राहीले विभिन्न कन्सुलर सेवा लिएका थिए ।

विभिन्न सेवा प्राप्त गर्नको लागि जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने करिब १२ सय भन्दाबढी सेवाग्राहीले पूर्वतयारी आवेदन दिएकोमा ९५० जनाले सेवा प्राप्त गरेका हुन ।

उक्त घुम्ती शिविरमा नेपाली राजदुतावास टोकियोका अधिकारीको नेतृत्वमा गैरआवासीय नेपाली संघ जापान र विभिन्न संघसंस्थाका प्रतिनिधिको समन्वय रहेको गैरआवासीय नेपाली संघ कान्साई जापानले जनाएको छ ।