जनकपुर । धनुषामा गोली हानी एक जना वडाध्यक्षको हत्या गरिएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली हानी हत्या भएको छ ।
गाउँमै एकजनाको श्राद्धको भोजमा दुई पक्षबीच विवाद उत्पन्न भएपछि वडाध्यक्ष यादवले विवाद सामाधान गर्ने प्रयास गरिरहेको बेला स्थानीय शम्भु यादवले गोली हानी उनको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार शम्भु यादव प्रहरीमै कार्यरत्त छन् र विदामा गाउँ आएका हनु । सो घटनामा ४ जना सोही गाउँका घाइतेसमेत भएका छन् । उनीहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
धनुषा प्रहरीले हिजो रातीनै एक जनालाई पक्राउ गरिएको जानकारी दिएको छ भने घटनामा संलग्न अन्यहरुको खोजी भइरहेको छ ।











