आज विवाह पञ्चमी,  मधेश प्रदेशमा सार्वजनिक बिदा

everest kitchen

रौतहट । मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम  सार्वजनिक बिदा उल्लेख गरेको छ  ।

विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा  उल्लेख छ ।प्रदेश राजपत्र (चैत २२, २०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मङ्गलवार सार्वजनिक बिदा लागु हुने  उनले जानकारी दिए ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरि मधेश प्रदेश सहित  देशभरी नै मनाइँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।