पूर्व जनमुक्ति सेना कमाण्डर ओमबहादुर ग्लानद्वारा पार्टी परित्याग।

everest kitchen

मकवानपुर, मंसिर २२ — नेकपा (माओवादी केन्द्र) का तत्कालीन नेता तथा पूर्व बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान (प्रदिप वालाचन) ले मंसिर २२ गते सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी संगठन परित्याग गरेको घोषणा गरेका

ग्लानले जारी गरेको विज्ञप्तिमा आफू अबदेखि कुनै पनि दलगत बन्धनमा नबन्धिने र इमानदार तथा स्वतन्त्र रूपमा जनसेवामा समर्पित हुने प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले विगतको राजनीतिक यात्रा, जनयुद्धकालीन भूमिका, जनआन्दोलनहरूमा गरेको योगदान र पार्टीभित्र पाएको अनुभवप्रति कृतज्ञता व्यक्त गर्दै अब नयाँ मोडमा अघि बढ्ने बताएका छन्।

विज्ञप्तिमा ग्लानले लेखेका छन् कि राजनीतिक उतार–चढाव, संगठनभित्रका जिम्मेवारी तथा ऐतिहासिक परिवर्तनीय प्रक्रियाहरूमा संलग्न रहँदा पाएको अनुभवले अब आफूलाई स्वतन्त्र ढंगले जनता र समाजसेवामा लाग्न प्रेरित गरेको छ। उनले जनताप्रतिको विश्वास, साथ र श्रमप्रति सम्मान व्यक्त गर्दै पार्टी नेतृत्वप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।

यस घोषणालाई राजनीतिक वृत्तमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, विशेषगरी माओवादी केन्द्रका पुराना नेता तथा जनयुद्धको पृष्ठभूमिबाट आएका व्यक्तिहरूको हालको राजनीतिक पुनर्संरचनासँग यसलाई जोडेर हेरिएको छ।

त्यस्तै ग्लानको यो निर्णयले स्थानिय तहमा मात्रै नभई प्रदेश राजनीतिमा पनि नयाँ बहसको सिर्जना गरेको छ।